• ३ असोज २०८३, शनिबार
  • ५ः१६ बेलुका

दक्षिण अमेरिकीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०१:३५

एजेन्सी, दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा चिकित्सकहरु चढेको बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ । आइतबार मध्यरातमा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झर्दा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

National Life

बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिना र तीन जना पुरुष रहेका छन् । प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिकृया