• ४ असोज २०८३, आइतबार
  • ६ः५८ बेलुका

जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार १२:००

डोटी, डोटी आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

National Life

शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

प्रतिकृया