• ६ साउन २०८३, बुधबार
  • ४:४४ बिहान

छाडा गाई व्यवस्थापन हुदै

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०९:२९

तुलसीपुर उपमहानगरपालिकाले छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । विभिन्न स्थानीय तहका लागि जटिल बन्दै गएको छाडा गाई व्यवस्थापन गर्न तुलसीपुरमा गौ संरक्षण समिति स्थापना गरिएको हो । छाडा गाई व्यवस्थापनको प्रयास स्वरूप उपमहानगरपालिकाले पहिलो चरणमा १२५ वटा गाई तुलसी गौ संरक्षण सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । गौशालाका अध्यक्ष मोहन भण्डारीले गाई बुझेका थिए । गाईलाई व्यवस्थापन गरेर त्यसलाई उद्यमशीलतासँग जोड्ने गरी सहकारीले काम अगाडि बढाएको हो ।

अध्यक्ष भण्डारीले फूलबारीमा रहेको गौशाला निर्माणको काम भइरहेकाले अहिले गौलौरामा रहेको गौशालामा व्यवस्थापन गरिएको बताए । गौशाला निर्माणसँगै त्यसलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे पनि तयारी भइरहेको उनको भनाइ थियो । ‘लक्ष्मी पूजाको दिन सबै गाईहरूको व्यवस्थापन गर्नेगरी काम भइरहेको छ । ’ अध्यक्ष भण्डारीले भने ।

Kamana Sewa

प्रतिकृया