भक्तपुर अब सवैभन्दा सुगम र विकसित बन्ने सांसद बस्नेतको भनाई
प्रकाशित मिति
२०७६ श्रावण १५ गते, बुधबार ०८:१३
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर अब दुर्गम नरहने बताउनु भएको छ । उहाँले भक्तपुर जिल्लाको नंखेल सुगममा रहेर पनि दुर्गम जस्तो, नजिक भएर पनि टाढा भएको जस्तो पहिचान बनेको बताउनु भयो । तर अव आगामी दिनमा भक्तपुर सवैभन्दा सुगम, विकसित तथा नजिकको बन्ने समेत उहाले बताउनु भयो ।
सूर्य्विनायक नगरपालिका वडा नं. ९ नंखेलमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकास निर्माणमा भक्तपुर ऐना जस्तै भएको बताउँदै जनताको हितमा गरिएका विकासका कार्यहरु निर्माण गर्न सम्भव छैन तथा हुँदैन भन्ने भ्रममा नपर्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । कतिपय विकास विरोधी तत्वहरुले भक्तपुरमा भएको विकास देखेर आत्तीदै यो वा त्यो गर्न सम्भव छैन भन्दै अनावश्यक प्रचार गर्ने गरेको बताउनुभयो । गरे जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्दै सांसद बस्नेतले विकास निर्माणको काममा सवै राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीयवासी एक ढिक्का भई अधि बढेमा सफलता निश्चित रहेको उदाहरण समेत दिनुभयो ।


जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोग नै विकासको आधार भएको बताउँदै सांसद बस्नेतले जनप्रतिनिधि निर्वा्चित भए पश्चात योजनावद्ध रुपमा विकासको प्रारम्भ भएको बताउनुभयो । उहाँले भक्तपुरमा आवश्यक रहेको अधिकाशं सडकहरुको डिपिआर भइसकेको साथै केही हुने प्रकृयामा रहेकाले आगामी दिनमा भक्तपुर विकासबाट टाढा रहन नसक्ने बताउनुभयो । सडक, खानेपानी, ढल, पुल, डिपबोरिङलगायतका जनताका आकाक्षाहरु क्रमिक रुपमा पुरा हुँदै गएको बताउँदै उहाँले स्स्थानीय, प्रदेश तथा संघको निर्वाचन पछि भक्तपुरबाट निर्वा्चित जनप्रतिनिधिले आफ्नो कार्यकालमा उल्लेख्य मात्रामा विकास निर्माणमा प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
पलासेदेखी डोलेश्वरसम्मको सडक निर्माणको प्रकृयामा रहेको र दशैं अघि नै सम्पन्न हुने जानकारी गराउँदै उहाँले मासपाटीबाट जोरपाटी आउने सडक, भातेढिकुरोबाट नंखेल जाने सडक तथा पलासेबाट काँक्रावारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको जानकारी गराउनुभयो । दिव्येश्वरी तथा वृहत खानेपानी आयोजना सञ्चालन भएसँगै खानेपानीको समस्या समाधान हुने जानकारी गराउँदै उहाँले मानिसको शारीरिक अवस्थालाई समेत मध्यनजर गर्दैै गोरेटो बाटोहरुको समेत विकास गर्दै जानुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।






प्रतिकृया