ग्लोबल टी–२० मा भ्यान्कोभरसं टोरान्टो पराजित
प्रकाशित मिति
२०७६ श्रावण १० गते, शुक्रबार ०९:३८
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगमा पराजित भएको छ । बिहिबार राति भएको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससँग आठ विकेटले पराजित भयो । सन्दीप अहिले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता खेलिरहेकोले ग्लोबल टी–२० मा छैनन् । सन्दीपले यसको दुई खेल गुमाउनेछन् । ग्लोबल टी–२० मा नेपालका सोमपाल कामी समेत परेका छन् । टोरन्टोले सन्दीपलाई ६० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो । सोमपाललाई विन्निपेग हक्सले अनुबन्ध गरेको छ ।
एक सय ६० रनको विजयी लक्ष्य पछ्याएको भ्यान्कोभरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६२ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । भ्यान्कोभरको जितमा चाडविक वाल्टन र रस्सी भान डेर डुसनले अविजित अर्धसतकिय पारी खेले । डुसनले ६५ र वाल्टनले ५९ रन बनाए । टोयिबास भिसले २० रन बनाए । ओपनर क्रिस गेल १२ रनमा आउट भए । टोरन्टोका जोवा गोर्डन र मार्क कोन्टफर्कले एक एक विकेट लिए ।





प्रतिकृया