• ४ असोज २०८३, आइतबार
  • ८ः४४ राती

आफ्ना नागरिक रिहा गर्न भारत इरानलाई आग्रह गर्दै

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०९:३३

नयाँदिल्ली, बेलायती ट्यांकरसँगै नियन्त्रणमा लिइएका आफ्ना नागरिकलाई रिहा गर्न भारतले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजावाहक ट्यांकरलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दाबी गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले शुक्रवार बन्दार अब्वास बन्दरगाहबाट कब्जामा लिइएको ट्यांकरमा १८ जना भारतीय नागरिकले काम र्गो र उनीहरूलाई ट्यांकरसँगै नियन्त्रणमा लिइएको बताएका छन्।

National Life

इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्रा्ष्ट्रिय सामुद्रिक नियम’ उल्लंघन गरेको आरोपमा ट्यांकरलाई कब्जामा लिएको हो। इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाइसँगै भारतलाई हस्तान्तरण गराउनका लागि इरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रतिकृया