सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने उपप्रधानमन्त्री पोखरेलको प्रतिबद्धता
प्रकाशित मिति
२०७६ श्रावण ५ गते, आईतवार ०९:२३
काठमाडौँ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागिपरेको बताउनु भएको छ । उहाले जग्गा अतिक्रमण हुन नदिने बताउँदै भू–माफिताय जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाड्ने घोषणा गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहेँलो पुलको उद्घाटन गर्दै मन्त्री पोखरेलले जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताउनुभएको हो । उहाँले सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने बताउँदै सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौँ महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो । काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्ष्भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।





प्रतिकृया