• ५ असोज २०८३, सोमबार
  • ८ः४८ बिहान

बुद्धको देशमा हिंसा स्वीकार्य हुदैन : मन्त्री बाँस्कोटा

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार ०९:०२

काभ्रेपलाञ्चोक, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउँदै हिसां गर्ने नै त्यसको शिकार बन्ने बताउनुभएको छ । खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको बताउँदै मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताउनुभयो ।

National Life

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो ।

प्रतिकृया