• १६ भदौ २०८३, बुधबार
  • १:०७ बेलुका

गोदावरी खोलाले बगाएका पहाडीको अवस्था खतरामुक्त

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०२:४४

भक्तपुर, विगत तीनको दिन अविरल बर्षाले गोदावरी खोलामा आएको बाढीले हिडी रहेको अवस्थामा २९ वर्षिय शन्त बहादुर पहाडीलाई खोलाले बगाएको थियो । पहाडीको घर काभ्रेपलान्चोक रहेको र हाल उनी विल्डिङ्ग कन्ट्रक्सनमा काम गर्दे भक्तपुर बालकोट बस्दै आएका थिए ।

पहाडीको उद्दर नेपाल प्रहरीको टोली र स्थानीय बासिन्दाले गरेका थिए । पहाडीको उद्दर गरेर नागारिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा तुरुन्तै भर्ना गरिएको थियो र अवस्था गम्भिर भए पछि पहाडीलाई आइसियुमा तीन दिन निरन्तर राखी उपचार गर्दे हाल उनको अवस्था खतरामुक्त रहेको हस्पितलका डा।अशोक कुमार राईले जानकारी दिनु भयो ।

Kamana Sewa

प्रतिकृया