• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

राजनैतिक पूर्वाग्रह त्यागेर पीडितको सेवामा लाग्न कांग्रेसको निर्देशन

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ११:०९

काठमाडौं, राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ ।

National Life

सभापति शेरबहादुर देउवाले आज प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह(पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी(दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’ यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय भएको देउवाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

 

प्रतिकृया