• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

जायज कुरामा शिर झुकाउनु पर्दैन, अनावश्यक कुराको लबिङ सुनिदैन: प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार ०५:२६

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्ने बताउँदै जायज कुराका लागि कसैसँग शिर झुकाउनु नपर्ने बताउनुभएको छ ।

National Life

विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गर्नुभयो । उहाँले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले बताउँदै , “शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन । नाजायज कुरा कसैले पनि गर्नु हुँदैन । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन ।” भन्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।’

प्रतिकृया