• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ०३:०२

काठमाडौं, एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए ।

Kamana Sewa

मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए । यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए ।

Classic Tech Desktop

प्रतिकृया