• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

मलेसियाद्वारा नेपाललाई ८८ रनको सामान्य लक्ष्य

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ११:१७

एजेन्सीः एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक मलेसियाले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनायो ।

मलेसियाका लागि मोहम्मद अमिरले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै हइकुल मोहद खेरले १२ रन जोड्दा वान अमिरउल ११ र अहमद अक्मलले १० रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि सागर ढकालले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा तिलकरा भण्डारी, कमल ऐरी र रशिद खानले समान एक–एक विकेट लिए ।

Kamana Sewa

प्रतिकृया