मन्त्रीबाट हटाएपनि कुनै टेन्सन छैन : मन्त्री खनाल
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार ०२:५०
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रीबाट हटाएपनि आफुलाई कुनै टेन्सन नभएको बताएका छन ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनाललेतत्काल मन्त्रिमण्डल फेरिने सम्भावना नरहेको र मन्त्रीहरु फेरिने भनेर बाहिर आएजस्तो हल्ला भित्र नभएको बताएका छन ।
उनले भने, प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाइ पनि पालो दिनुपर्छ, मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन ।’मन्त्री खनालले पार्टीमा गज्याङमज्याङ छ, वैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ । जबज र २१ शताब्दीको जनवाद दुइवटैको परिमार्जन रुप नै जनताको जनवाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ ।’
मन्त्री खनालले कृषिमा व्यापक सुधार गर्ने गरी सरकारले काम गरेको र सरकारले कृषिमा छुट्याएको २८ अर्ब बजेटमध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूँजीगत बजेट २ अर्ब रहेको जानकारी दिए ।






प्रतिकृया