• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

प्रहरी साझेदारी कार्यक्रमले अपराधिक क्रियाकलाप न्युनिकरण हुँदै गएको सांसद बस्नेतको भनाई

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०९:३१

भक्तपुर, सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अपराध नियन्त्रण र न्युनिकरण कार्यक्रम हिजो शनिबार गठ्ठाघरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको समस्या तथा गुनासो सुन्न प्रहरी आफै टोल टोलमा पुग्नुपर्ने बताउनुभएको छ । सामुदायीक विकास तथा सेवा केन्द्र, सामुदायीक प्रहरी केन्द्र गठ्ठाघर र महानगरिय प्रहरी वृत्त थिमीको संयुक्त रुपमा आयोजनामा भएको कार्यक्रममा उहाले विभिन्न प्रकारका हिंसा, बलात्कार, सवारी दुर्घटना, लागुऔषध नियन्त्रणलगायतका घटनाहरु न्युनिकरण गर्न प्रहरी गाउँ गाउँमा जानुपर्ने बताउँदै सामुदायीक प्रहरी साझेदारी कार्यक्रमले देशमा हुने अपराधिक कृयाकलापहरु न्युनिकरण हुँदै गएको बताउनु भएको हो । विपद्को समयमा मात्रै नागरिकले प्रहरीको खोजी गर्ने तर सहज परिस्थितीमा प्रहरीले राज्यको सवालमा गरेका कामहरुको विरोध गर्ने मनोविज्ञान रहेको बताउँदै उहाँले त्यसलाई मानिसको मन मष्तिस्कबाट नै तोड्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । उहाले भन्नुभयो, ’सहकार्य र संस्कारको विकास गर्नु वर्तमान अवस्थाको अनिवार्य आवश्यकता हो, अपराध न्युनिकरणमा प्रहरीले उल्लेख्य उपलब्धी प्राप्त गरेको छ ।’

Kamana Sewa

नेपाल प्रहरीले करिब ९५ प्रतिशतभन्दा बढी घटनाहरुमा सफलता प्राप्त गरेको बताउँदै उहाँले महिला हिंसा नियन्त्रण गर्न सिंगो समाज एकजुट हुनुपर्ने धारणा राख्नुभयो । भ्रष्टाचार, अपराधिक कृयाकलाप तथा हिंसा नियन्त्रण गर्न सामुदायीक प्रहरी कार्यक्रम भएको बताउँदै उहाँले प्रहरीलाई विभिन्न बहानामा राजनीतिमा जोड्नु नहुने बताउनुभयो । भक्तपुरको विकास र सहकार्य देशको लागि मार्गदर्शक रहेको बताउँदै उहाँले आगामी दिनमा जुन जुन कार्यालयमा बढी भ्रष्टाचार तथा अनियमितता हुन्छ, त्यो कार्यालयमा प्रहरी तथा नागरिक समाजका अभियान्ताले हेल्प डेक्स राखी भ्रष्टाचार, अनियमिता, हिंसा, दुर्घटनालगायतको न्युनिकरण गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिआइजी शैलेस थापाले विभिन्न प्रकारका अपराधजन्य घटनालाई निस्तेज पार्न नेपाल प्रहरीले २४ सैं घण्टा निरन्तर खट्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय हुने केही प्रकृतिका बलात्कारका घटनाहरुमा प्रहरीलाई कारवाही गर्न समस्या रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा बुबा तथा आफन्तले आफ्नो छोरीलाई हातमा समाएर लगेको हुन्छ र घर वा डेरामा लगि बलात्कार गर्छ । जुन बलात्कार हुन नदिन प्रहरीले आफ्नो आफन्त छोरी चेलीको हात समाएर हिड्न पाइदैन कसरी भन्ने ? पछिल्लो समय हुने गरेको बलात्कारका घटनामा आफन्तकै संलग्नता धेरै रहेको पाइन्छ ।’

Classic Tech Desktop

मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, वडा नं. ७ का वडाध्यक्ष कृषण कुमार प्रजापति, वडा नं. ३ का वडा सदस्य कृष्ण हरी आचार्य, डिएसपी शान्तिराज कोइराला, नेपाल पत्रकार महासंघका सभापति पुस्करराज बुढाथोकी, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, अन्नपूर्ण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवराज न्यौपानेलगायतले शान्ति सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन सिसि क्यामरा जडान तथा मर्मत गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया