• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

रुसको साइबेरियामा विमान दुर्घटना हुदा २ को मृत्यु ,७ घाइते

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०२:४५

। रुसको साइबेरियामा अवतरणका क्रममा एक विमान दुर्घटना हुदा २ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन ।उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

National Life

बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।उक्त दुर्घटनामा चालक दलका २ जना मृत्यु र  ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया