सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०२:३१
काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्षीय बसन्त श्रेष्ठ, सिनामंगल बस्ने दोलखा भिमेश्वर नगरपालिका-१ घर भएका ५२ वर्षीय रामराजा शिवाकोटी, तनहुँ भिमाद नगरपालिका-४ घर भएका ३२ वर्षीय मिन बहादुर कुमाल र भक्तपुर बस्ने महोत्तरी बर्दिबास घर भएका २० वर्षीय अनिल बानियाँ रहेका छन् ।
करिब ७ किलो तौलको उक्त बुद्धको मूर्ति देखाई नगद ६० लाख रुपैयाँमा खरिद विक्रीका लागि कुराकानी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मूर्ति सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया