• ३२ साउन २०८३, सोमबार
  • १०:०५ बेलुका

विकासको काममा अवरोध सह्य नहुने मन्त्री मगरको भनाई

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०८:२०

कञ्चनपुरः खानेपानी मन्त्री बिना मगरले विकासको काममा कही कतैबाट अवरोध आए सह्य नहुने बताउनु भएको छ । कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार हिजो चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कही कतैबाट अवरोध आए सह्य नहुने बताएकी हुन् । कार्यक्रममा बोल्दै विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको उहाले बतउनु भयो । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उहाले भन्नु भयो ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन ।

कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’ विकासको कार्यमा अवरोध पुर्याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उहाको भनाइ छ । उहाले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिनुभयो ।

Kamana Sewa

प्रतिकृया