• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

पाँच वर्षसम्म सरकार परिवर्तन नहुने रक्षामन्त्री पोखरेलको भनाई

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०९:३१

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताउनु भएको छ । भक्तपुरको सूर्य्विनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम गर्ने बताए ।

National Life

नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्ने समेत रक्षा मन्त्री पोखरेलले बताउनु भयो । उहाले सुखी नेपाली सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर सरकारले काम गरिरहेको समेत दावी गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी केही वर्षमा भक्तपुर विकासले भरिपूर्ण जिल्लाको रुपमा परिणत हुने बताउँदै सडक, शिक्षा, पुल निर्माणदेखि पर्यटनका पूर्वाधार विकासमा समेत जिल्लामा धेरै काम भएको बताउँनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जना देवि मधिकर्मी, नेकपाका जिल्लाअध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलल लगायतले नगरपालिकाको नीति तथा कार्यक्रमले जनताका आश्यकतालाई सम्बोधनगर्नु पर्नेमा जोड् दिनु भएको थियो ।
नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सूर्य्विनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवा तथा खेलकुद लगायतमा विषेश महत्व दिइएको बताउँनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलल लगायतले भक्तपुरको नीति तथा कार्यक्रमले जनताको आश्यकतालाई सम्बोधन गर्नु पर्नेमा जोड् दिएका थिए ।

प्रतिकृया