• १९ असार २०८३, शुक्रबार
  • ५:१४ बेलुका

भारतको कुल्लु जिल्लामा :बस दुर्घटनामा ४४ जनाको मृत्यु , ३५ जनाभन्दा बढी घाइते

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार १२:५३

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा बिहीबार भएको एक निजी बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । अधिकांश स्थानीय यात्रु चढेको बस बन्जार क्षेत्रबाट गढ गुशैणी जाँदै गर्दा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाचल प्रदेशमा यसअघि पनि ठूलो सडक दुर्घटना हुने गरेका छन् । सन् २०१७ मा भएका विभिन्न दुर्घटनामा हिमाचलमा मात्रै १२ सय भन्दा बढीको मृत्यु भएको छ। यसै वर्ष सन् २०१९ मा ४३० जनाको दुर्घटनाका कारण मृत्यु भइसकेको छ ।

Kamana Sewa

प्रत्यक्षदर्शीका अनुसार एउटा अप्ठेरो मोडमा चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । मोडबाट खसेको बस करिब ५ सय मिटर तल खोलामा पुगेको थियो । दुर्घटना हुनासाथ स्थानीयवासीले उद्धार सुरु गरेका थिए । बसको छतमा ठूलो संख्यामा मानिसहरु बसेकाले दुर्घटनामा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा हिमाचल प्रदेशका मुख्यमन्त्रीले समवेदना प्रकट गर्दै तत्कालीन राहतको घोषणा गरेका छन् ।

Classic Tech Desktop

 

प्रतिकृया