• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

देउवालाई सभामुखको आदेश नमानेको योगेश भट्टराई को आरोप

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०३:३२

काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले कांग्रेसका सभापति तथा संसदीय दलका प्रमुख शेरबहादुर देउवालाई सभामुखको आदेश नमानेको आरोप लगाएका छन् ।

National Life

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालोचना गर्नुको साटो विपक्षी दलको नेता रिसाएको विरालो झै प्रस्तुत भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने ‘मलाई त लागेको थियो कि कांग्रेसले संसदमा जे भयो, त्यसमा आत्मालोचना गर्ला । तर, भोलिपल्ट आएर रिसाएको विरालोले खाँबो चिथोरे जस्तो ढंगले प्रस्तुत हुन थाल्नुभयो ।’

Classic Tech Mobile
Classic Tech Desktop

सभामुखको आदेश नमानेको आरोप लगाउँदै उनले प्रश्न गरे, कानून कम्युनिस्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई कानुन नलाग्ने हुन नसक्ने ?

उनले कांग्रेस आफुले कानुन नमानेर कम्युनिस्टलाई कानुन सिकाउन नपर्ने पनि ध्यनार्कषण गराए ।

प्रतिकृया