• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ११:४९

गौतमबुद्ध बिमानस्थल भैरहवाबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

National Life

भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्धारा भैरहवाबाट पोखरा जान लागेका शुक्लालाई बिमानस्थलको एक्सरे मेसिनद्धारा जाँच गर्नेक्रममा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् ।

प्रतिकृया