लोकसेवा आयोगले जनविश्वासलाई समुन्नत बनाएर काम गर्नुपर्ने : राष्ट्रपति
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ०२:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गर्नुभएको छ ।
लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपतिले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति आफु विश्वस्त रहेको बताउदै परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

यस्तै आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संविधान, कानून र स्थापित परम्पराअनुरुप आयोगले गरेको स्थानीय तहको विज्ञापनमा विनाकारण प्रश्न उठाएको र संवैधानिक अङ्गले संविधान र प्रचलित कानूनको उल्लंघन गर्ने कल्पनासमेत गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले आयोगले झण्डै सातदशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको र अहिले फेरि आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको जानकारी दिनुभयो ।
विसं २००८ असार १ गते आयोगको स्थापना भएको थियो। उक्त दिवसको सम्झनामा आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउने गरेको छ।




प्रतिकृया