• ३२ साउन २०८३, सोमबार
  • ९:२२ बेलुका

ट्र्याक्टर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ११:४४

डडेल्धुराको आलिताल गाउँपालिका–८ कुजेर्निमा ट्र्याक्टर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ ।सोही दुर्घटनामा परी आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन ।

बालुवा बोकेर आलिताल गोदामबजारबाट कुर्जेनी जाँदै गरेको से२त २८५० नम्बरको ट्र्याक्टर शनिबार राति दुर्घटनामा परेको हो ।

Kamana Sewa

दुर्घटनापछि ट्रयाक्टर चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीले जनाएको छ । फरार चालकको खोजी सुरु भइरहेको प्रहरीले बताएको छ ।

Classic Tech Desktop

मृत्यु हुनेमा समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनी रहेका छन् ।

प्रतिकृया