• ३ साउन २०८३, आइतबार
  • ४:५३ बिहान

मेथी खानुका १० आश्चर्यजनक फाइदा

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ११:४०

गौरब निरौला ।
हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन , तरपनि हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन। तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ ( Fenugreek )पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

Kamana Sewa

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।
यी हुन फाइदा :

Classic Tech Desktop

१. मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ।

२. मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।

३. मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टि अक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।

४. मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।

५. मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको तौल घटाउन मद्दत गर्दछ ।

६. मेथीको दानाले हाम्रो शरिरको बिकारयुक्त पदार्थहरु बाहिर निकाल्न सहयोग गर्ने हुदाँ क्यान्सरको खतराबाट समेत बचाउँछ ।

७. मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामिलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ ।

८. यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

९. मेथी दानामा पाइने पोटासियमले रक्तसञ्चार राम्रो बनाउछ जस्ले उच्च रक्तचापको समस्या नियन्त्रण गर्दछ ।

१०. नियमित रुपमा बिहानै खालिपेटमा एक चम्चा मेथीसेवन गर्नाले कब्जियतको समस्या समेत ठिक हुन्छ ।

प्रतिकृया