• २७ भदौ २०८३, शनिबार
  • २ः५५ राती

सरकारको नेतृत्व आलोपालो गर्ने पुरानै सहमति, त्यहि नेतृत्वमा सरकार अघि बढ्ने प्रचण्डको भनाई

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०१:०५

 

National Life

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने पुरानै सहमति भएको भन्दै त्यसैअनुसार सरकारको नेतृत्वमा अघि बढ्ने बताउनुभएको छ । उहाँले सरकारको नेतृत्वको विषयमा पहिल्यै सहमति भएकोे दावी गर्नुभयो ।

भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पुरानै सहमति र सम्झौता नफेरिने संकेत गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र गुठी विधेयकप्रति लक्षित गर्दै तयारी राम्रो नहुँदा विवाद आएको भन्दै गहृकार्य राम्रो नहुँदा कमी भएको, सरकार र पार्टी सतर्क भएको भन्दै सबैको सहमतिबाट विधयेक परिमार्जन गर्ने बताउनुभयो ।

साथै उहाँले लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश आएपछि निर्णय हुने बताउनुभएको छ ।

चितवनमा निमार्ण हुन लागेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बजेटका कारण निमार्ण नरोकिने उहाँको भनाइ छ ।
सरकारले प्राथमिकतामा राखेको भन्दै उहाँले रंगशाला निमार्ण राष्ट्रिय गौरबको आयोजना भएकाले सरकारले सहयोगका लागि नीति नै बनाएको खुलासा गर्दै रंगशाला निमार्णका लागि बजेट अभाव भएमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्दता थियो ।

प्रतिकृया