• २३ भदौ २०८३, मंगलबार
  • ११ः४२ बिहान

उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ : महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ११:१३

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ ।

National Life

नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो ।

महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभयो, “हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकामा पाँच वटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ ।”

प्रतिकृया