• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

१८ वर्षअघि ०५८ साल जेठ १९ गते शुक्रबार राति राजा वीरेन्द्र शाहको वंशनाश।

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १०:०६

नेपालका तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहको परिवारको वंशनाश भएको १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी दरबारमा राजा विरेन्द्रको वंशनाश हुनेगरी हत्याकाण्ड भएको थियो ।

नियमित राजपरिवारको भेटघाटका क्रममा भएको हत्याकाण्डमा तत्कालिन राजा विरेन्दसहित १० जनाको निर्ममता पूर्वक हत्या भएको थियो । आइतबार घटना भएको १८ वर्ष पूरा भएपनि बास्तविकता बाहिर आएको छैन् ।

Kamana Sewa

हत्या काण्डपछि विभिन्न शंका र अडकलहरु काटिएका छन् । दरबार हत्याकाण्डलाई लिएर केहीले पुस्तक पनि लेखेका छन् । तर लामो समय राजनीतिक अस्थिरताका बिच गुज्रीएको सरकारले जनतालाई बुझाउने गरी दरबार हत्याकाण्डको बास्तविकता सार्बजनिक गरेको छैन् ।

Classic Tech Desktop

दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा कहालीलाग्दो घटनाको रुपमा लिइन्छ । सो घटनामा राजा विरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती मारिएका थिए । त्यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, कुमार खड्गाविक्रम शाह,धीरेन्द्र शाहको हत्या भएको थियो ।

दरबार हत्याकाण्डपछि देशको बागडोर विरेन्द्रका भाई ज्ञानेन्द्रले सम्हालेका थिए । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्च स्तरीय छानविन समितिले युवराज दिपेन्द्रले हत्या गरेको प्रतिवेदन पेस गरेको थियो । विभिन्न पुस्तकहरुमा दिपेन्द्रलाई नै दोष देखाएपनि जनताले विश्वास गर्न सकेका छैनन् ।

दाजु विरेन्द्रको वंशनाश पछि राजदरबार सम्हालेका ज्ञानेन्द्रले कठोर बन्दै निरङकुसता लाद्न खोजेका कारण शासन धेरै समय टिकेन् । २०६२–६३ को दोस्रो जनआन्दोलनले ज्ञानेन्द्रलाई राजगद्धीबाट हटाएको थियो । दोस्रो जनआन्दोलनबाट राजसंस्था अन्त्य गर्दै संघिय व्यवस्थामा मुलुक गएपछि पूर्व राजा ज्ञानेन्द्र सामान्य नागरिक सरह जीवन यापन गरिरहेका छन् ।

प्रतिकृया