• ९ असोज २०८३, शुक्रबार
  • १०ः३४ राती

नेपालगञ्जमा एक सय ९० जनालाई जाँच गर्दा १०६ जना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ बैशाख ४ गते, शनिबार ०२:०३

नेपालगञ्ज :नेपालगञ्जको भेरी अस्पतालमा एक सय ६ जनालाई कोरोना पुष्टि भएको छ। अस्पतालले पछिल्लो चौविस घण्टामा एक सय ९० जनालाई जाँच गर्दा एक सय ६ जनालाई कोरोना पुष्टि भएको जनाएको छ ।

National Life

कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।

यसैबिच, भेरी अस्पतालमा दाङकी महिलाको मृत्यु भएको छ । नारायणपुरकी ३७ वर्षीया महिला चैत २६ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । त्यही दिन कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा सारिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको शुक्रबार राति एक बजेर २७ मिनेट जाँदा मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया