• २३ भदौ २०८३, मंगलबार
  • २ः५४ दिउँसो

आफ्नै छोरीलाई खुर्पा प्रहार गर्ने अभियोगमा बुवा पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०२:००

आफ्नै छोरीलाई खुर्पा प्रहार गरेको अभियोगमा बुवा सोमबार राति पक्राउ परेका छन् ।

National Life

निलकण्ठ नगरपालिका—१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीले आफ्नै १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको बताइएको छ ।

प्रहरीका अनुसार, घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफनै छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले बलरामलाई पक्राउ गरेको हो ।

प्रतिकृया