• २६ भदौ २०८३, शुक्रबार
  • १०ः३६ राती

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०७:११

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटवलमा हुन लागेको हो। सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए।

National Life

सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए।

 

सम्मेलनमा देशभरका ७० भन्दा बढी जिल्लाका प्रतिनिधिको सहभागीता रहने बताइएको छ।

प्रतिकृया