• २९ भदौ २०८३, सोमबार
  • ३ः५० राती

२२ अप्रिलमा बल्खुमा पार्टी कार्यालय शिलान्यास हुने

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०६:०६

काठमाडौ: केपी शर्मा ओली पक्षीय नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले  २२ अप्रिलका दिन मदननगर बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय  गरेको छ। यस्तै स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरेको छ।

National Life

शनिबार बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले बाँकी कार्य विभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई १० दिनभित्र प्रस्ताव गर्ने निर्णय गरेको छ।

यस्तै प्रदेश कमिटी बनाउँदा प्रदेशका इन्चार्ज सहइन्चार्ज संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने निर्णय भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले जनसंगठनको हकमा टोपबहादुर रायमाझीले सम्बन्धित जनसंगठनको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष, सह अध्यक्ष, महासचिव पदाधिकारीसम्म सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको छ।

यता प्रवास क्षेत्रको कमिटीको व्यवस्था गर्न बिन्दा पाण्डेले सम्बन्धित इन्चार्ज, सह–इन्चार्ज, संयोजक, सह–संयोजकसँग सल्लाह गरेर गर्ने निर्णय भएको छ।

प्रतिकृया