• १५ असोज २०८३, बिहीबार
  • ६ः१६ बेलुका

निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः रामचन्द्र पौडेल

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०१:१०

पोखरा : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीतिक निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने बताएका छन् । मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै काँग्रेस वरिष्ठ नेता पौडेलले माओवादी र जसपालाई साथमा लिएर काँग्रेसले सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताएका हुन् ।

National Life

वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको मौनता रहस्यमय भएको समेत टिप्पणी गरेका छन् । नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको बताए ।

सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ । उनले अहिलेको अवस्थामा काँग्रेस नेतृत्व अनिर्णित र ढुलमुले अवस्थामा रहन नहुने समेत बताए । ‘मुलुक गम्भिर राजनैतिक अवस्थामा रहेको बेला काँग्रेस नेतृत्व अनिर्णीत र ढुलमुले अवस्थामा रहनु हुँदैन’ उनले भने । ‘अब काँग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गर्दै समस्याको निकास दिनुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

वरिष्ठ नेता पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताए । उनले प्रधानमन्त्री ओलीलाई हटाउनु नै अहिलेको उत्तम विकल्प भएको बताउदै कुर्चीबाट हटाएपछि मात्र मुलुकले सही दिशा लिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीलाई बर्माको सैनिक शासकको संज्ञा दिंदै नेता पौडेलले नेपालमा पनि त्यस्तै शासन चलाउन ओली उद्धत रहेको आरोप लगाए । नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै नेता पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि अधिनायकवादसँग लड्नुपरेको बताए ।
वरिष्ठ नेता पौडेलले सवै पार्टी एकै ठाउँमा उभिएर केपी ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए । नेता पौडेलले मुलुकलाई सही ढंगले चलाउने पार्टी काँग्रेसबाहेक अन्य हुन सक्ने ठोकुवा समेत गरे । नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिए ।

प्रतिकृया