• १३ असोज २०८३, मंगलबार
  • १०ः५६ बिहान

निजी क्षेत्रलाई कोरोना भाइरसविरुद्धको खोप ल्याउन आवेदन आह्वान

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०२:१२

काठमाडौ: सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन अनुमति दिने भएको छ। औषधि व्यवस्था विभागले सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक जो कोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ताले तोकेको आधिकारिक बिक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ मा तोकिएका कागजातसहित सात दिनभित्र आवेदन दिन दिन आग्रह गरेको हो।

National Life

 

सरकारले २० प्रतिशत नागरिकलाई निःशुल्क खोप दिइसकेपछि मात्रै निजीलाई अनुमति दिने बताए पनि उक्त निर्णयबाट पछि हट्दै निजीलाई अनुमति दिन तयार भएको छ। खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढिमा १० प्रतिशत कायम हुने गरि लागत विवरण पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सूचनामा भनिएको छ, ‘खोप आपूर्ति गर्न सकिने परिणाम र सोका लागि लाग्ने समयको प्रक्षेपणसमेत उल्लेख गरी दर्तारआयात अनुमतिका लागि शीघ्र आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

विभागले नेपालमा अनुमति पाइसकेका दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचिकृत गरिसकेका खोपलाई आयात गर्न सकिने जनाएको छ।नेपालमा भारतको कोभिसिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि अनुमति दिएको छ।

 

प्रतिकृया