• २७ भदौ २०८३, शनिबार
  • ११ः१६ राती

चिनीयाँ रासायनिक मल आज काठमाडौं आईपुग्ने

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०८:३१

काठमाडौं:  मलको अभाव हुदै गएपछि सरकारले पहिलो पटक उत्तरी छिमेकी चीनबाट खरिद गरेको मल तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । तातोपानी भन्सारबाट सबै प्रक्रिया पुरा गरेर शनिबार सम्म मल आज काठमाडौ आइपुग्ने छ ।

National Life

 

नेपालले यस अघि भारत र बंगलादेशबाट रासयनीक मल खरिद गरेर ल्याउने गरेको थियो । तर ति मुलुकमा मात्रै भरपर्दा किसानले समयमा नै मल नपाएपछि पहिलो पटक चीनबाट मल ल्याएको हो ।
नेपाल सरकारले चीनबाट चार हजार मेट्रिक टन मल खरिद गर्न टेण्डर आह्वान गरेको थियो । ठेक्का प्रक्रिया मार्फत शुक्रबार पहिलो पटक २ सय ४० मेट्रिक टन चिनियाँ युरीया मल तातोपानी भन्सारको सुख्खा बन्दरगाहामा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सरकारले चीनबाट मल खरिदका लागि ११ नोभेम्बर २०२० मा टेण्डर गरेको थियो । सिल्क ग्रुपले चीनबाट मल खरिद गरेर ल्याएको हो । चीनबाट ल्याएको मल साल्ट ट्रेडीङ मार्फत किसालाई वितरण गरिनेछ ।

प्रतिकृया