• २९ भदौ २०८३, सोमबार
  • १२ः१६ राती

आज देशभरका अदालतमा शोक बिदा

प्रकाशित मिति

२०७७ फाल्गुन २० गते, बिहीबार ०८:०१

काठमाण्डौ: आज देशभरका अदालतमा शोक बिदा दिइएको छ । सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

National Life

प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

पूर्वप्रधानन्यायाधीश सिंहको यही १८ फागुन साँझ निधन भएको थियो । सर्लाही जिल्लामा ३ फागुन १९८८ मा जन्मिएका सिंह २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा थालेर १० असोज २०५२ मा प्रधानन्यायाधीश पदमा नियुक्त भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले ३ फागुन २०५३ सम्म प्रधानन्यायाधीशका रूपमा काम गरे । उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया