• १५ असोज २०८३, बिहीबार
  • ५ः५३ बेलुका

सँगै रक्सी खाएपछि झगडा ! ढुंगा प्रहार गरि पत्नीको हत्या

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १२:५४

काठमाडौं: झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि पत्नीको हत्या गरेका छन्।

National Life

ढुंगा प्रहार गरि पत्नीको हत्या गर्ने ती व्यक्ति पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ वर्षीया फुलसिता उराउको हत्या गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

पत्नीको हत्या गरेको आरोपमा प्रहरीले साहिबालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

उनका अनुसार सोमबार दिउँसो ३ बजे पति-पत्नी दुवै जनाले मदिरा सेवन गरि झगडा गरेका थिए।

झगडाको क्रममा साहिबाले उनकी पत्नीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।

प्रतिकृया