• १३ असोज २०८३, मंगलबार
  • १२ः५३ दिउँसो

निर्वाचन आयोगलाई देउवाको प्रश्नः सूर्य एउटै चिह्न छ, दुई पार्टीलाई कसरी दिने ?

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०६:१५

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चिर्वाचन चिह्नबारे विवाद समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

National Life

सोमबार प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले सूर्य चिह्न केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनालाई दिन आग्रह गरेका छन् ।

‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ । निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन रु ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो,’ उनले भने, ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने रु सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो । सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’

Classic Tech Mobile
Classic Tech Desktop

सभापति देउवाले सर्वोच्च अदालतले स्वविवेकले फैसला गर्ने भएकाले दबाब दिन नमिल्ने बताएका छन् । उने अदालतले संसद् फिर्ता गर्छ भने पनि आफुहरुलाई ठीक रहेको चुनाव गर भन्छ भने पनि ठीक रहेको बताए ।

उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगलाई मतलब नै नभएको बताएका छन् ।

‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन रु निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुप¥यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’

त्यस्तै उनले निर्वाचन आयोगलाई चुनावको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले?’, उनले भने ।

प्रतिकृया