मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ: गृहमन्त्री थापा
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०२:११
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार ओली पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुन्न पर्ने चेतावनी दिएका छन्।
उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ठीक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ। मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ,’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ ।
तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौँ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौँ । पार्टी अध्यक्षलाई अपदस्त गर्ने कुरासँग अस्थिरता जोडिएको छ । दुई तिहाइबहमुतको सरकारलाई विस्तथापित र राष्ट्रपतिको मानमर्दन गर्ने कुरासँग जोडिएको छ ।’








प्रतिकृया