• २८ भदौ २०८३, आइतबार
  • ७ः०६ बिहान

प्रतिनिधिसभा विघटनबारे सरकार पक्षसँग सोधपुछ

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०८:१६

काठमाडौं: प्रतिनिधिसभा विघटन गरेको बारेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित गरे वा नगरेको बारेमा सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले सरकार पक्षसँग सोधपुछ गरेको छ ।प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनको पक्षबाट बिहीबार बहस गर्ने कानुन व्यवसायीहरुले त्यसबारेमा प्रश्न उठाएपछि इजलासले राजपत्रमा प्रकाशित भए वा नभएको बारेमा जिज्ञाशा राखेको हो ।

National Life

बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटन गरिएको बारेमा हालसम्म पनि राजपत्रमा सूचना प्रकाशित भएको आफूलाई थाहा नभएको उल्लेख गरेका थिए ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा बहस भइरहेको छ ।

इजलासबाट न्यायाधीश सिन्हाले प्रतिनिधिसभा विघटनको बारेमा नेपाल राजपत्रमा सूचना प्रकाशित भए वा नभएको बारेमा स्पष्ट गर्न सरकार पक्षलाई आग्रह गरेका छन् । इजलासमा उपस्थित सरकारी वकिलले सो बारेमा स्पष्ट नभएको उल्लेख गरेका थिए । अधिवक्ता अर्यालले यसभन्दा अघि प्रतिनिधिसभा विघटन गरेको बारेमा राजपत्रमा प्रकाशित भएको जनाए। ‘यसभन्दा अघि जति पनि प्रतिनिधिसभा विघटन भए, ती सबैको जानकारीका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित भएका थिए।’ –अधिवक्ता अर्यालले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

अधिवक्ता अर्यालपछि बहस गर्ने अधिवक्ता टीकाराम भट्टराईले पनि सोही विषय उठान गरेपछि इजलासले पुनः राजपत्रमा सूचना प्रकाशित भए वा नभएको बारेमा सरकार पक्षसँग जिज्ञाशा व्यक्त गरेको थियो । प्रतिनिधिसभा विघटनका बारेमा दायर भएको रिट निवेदनको पक्षबाट विगत पाँच दिनदेखि संवैधानिक इजलासमा निरन्तर बहस जारी रहेको छ । बहस आज शुक्रबार पनि निरन्तर रहनेछ ।नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

 

प्रतिकृया