• १० असोज २०८३, शनिबार
  • ९ः४१ बिहान

परराष्ट्रमन्त्रीको भ्रमणलाई किन महत्व दिएन भारतले

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार १०:०८

काठमाडौं: सीमा विवादका कारण करिब एक वर्षदेखिको संवादहीनताको अवस्थामा रहेका दुई छिमेकीबीच पछिल्ला केही महिनायता संवाद सुरु मात्र भएको छैन, उच्चस्तरीय भ्रमण आदानप्रदान पनि भएका छन्। भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको भ्रमणबाट सुरु भएको उच्चस्तरीय भ्रमण भारतबाट सेनाप्रमुख मनोज मुकुन्द नरवाणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमण गरिसकेका छन्। नेपालका तर्फबाट सीमा विवाद सुरु भएपछि पहिलो पटक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हालै भारत भ्रमण सकेर फर्किएका छन्।

National Life

लामो अन्तरपछि संवाद र भ्रमण आदानप्रदान हुनु आफैंमा सकारात्मक कुरा हो। तथापि दुई सार्वभौम मुलुकबीच भ्रमण आदानप्रदान हुँदा ती भ्रमणले के कति प्राथमिकता पाए भन्ने कुरा कूटनीतिक रूपमा अर्थपूर्ण मानिन्छ। तर ती भ्रमण आदानप्रदानमा नेपालले भारतीय पक्षलाई महत्व दिए पनि भारतीय पक्षले भने नेपाली पक्षलाई खासै महत्व नदिएको पाइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत गरे पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ। जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले त्यसलाई बेवास्ता गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री ज्ञवालीको भ्रमणमा भारतीय पक्षले महत्व नदिनुले त्यो कुरालाई पुष्टि गरेको छ। भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन। जब कि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमाविवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो। नागरिक दैनिकबाट

 

प्रतिकृया