• १० असोज २०८३, शनिबार
  • १०ः२६ बिहान

कोभ्याक्सको खोप चार महिनापछि मात्र

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०९:५०

काठमाडौं: कोरोनाविरुद्ध कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोप आगामी वैशाखरजेठमा मात्र आइपुग्ने भएको छ। कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित पत्र पठाएर यस्तो जानकारी गराएको कोभिड–१९ खोप संयोजक डा श्यामराज उप्रेतीले बताए। ‘कोभ्याक्सले मन्त्रालयमा एक साताअघि पत्र पठाएर सन् २०२१ को दोस्रो चौमासिकभित्र खोप पठाउने मिति तोकेको हो,’ डा उप्रेतीले भने।

National Life

कोभ्याक्स कोभिडविरुद्धको खोप धनी र गरिब देशले बराबर पाउनुपर्छ भन्ने उद्देश्यका लागि विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायत संस्था मिलेर बनेको एलाइन्स हो। कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी खोप दिने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले भने गत कात्तिकमै कोभ्याक्सले उपलब्ध गराउने खोप तीन महिनाभित्र नेपालमा आउने संकेत गरेका थिए। कोभ्याक्सले उपलब्ध गराउने खोप ढिला आउने भएपछि सरकारले आपत्कालीन प्रयोजनका लागि खोप किन्ने प्रक्रिया थालेको छ। स्रोतका अनुसार कोभ्याक्सले ढिला उपलब्ध गराउने भएपछि सरकारले सुरुमा तीन प्रतिशत जनसंख्यालाई पुग्ने गरी भारतीय कम्पनीसँग खोप किन्ने तयारी तथा सम्झौता गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

डा उपे्रतीका अनुसार कोभ्याक्सले एकैपटक विश्वभरिका २ अर्ब जनसंख्याका लागि खोप किन्नुपर्ने र किन्न खोजे जति उत्पादक कम्पनीहरूले उत्पादन गर्न नसकेका कारण पठाउन केही ढिलो हुने जानकारी गराएको हो। ‘विश्वभरि एकैपटक माग भएपछि कम्पनीहरूले भनेकै समयमा उत्पादन गर्न सकेनन्,’ उनले भने।

खोप उत्पादन थालेका कतिपय कम्पनीले विश्व स्वास्थ्य संगठनबाट अनुमति पाउनुपर्ने र त्यो प्रक्रिया पूरा नभइसकेकाले पनि बजारको मागअनुसार उत्पादन हुन नसक्दा ढिला हुने भएको हो। नागरिक दैनिकबाट

 

प्रतिकृया