• १० असोज २०८३, शनिबार
  • ८ः४३ बिहान

मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०३:५९

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाका सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकामा मोटरसाइकल चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

National Life

तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौं–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरिएको हो ।

धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नम्बर ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त नम्वरको मोटरसाईकल गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको थियो । निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ ।

त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्‍वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला काठमाण्डौ मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नम्बर ४ घर भई हाल तार्केश्‍वर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी।सी।को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल गत असार २१ गते काठमाण्डौको तार्केश्‍वर नगरपालिका-५ गोल्ढुङ्गाबाट हराएको थियो । निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिकृया