• ८ असोज २०८३, बिहीबार
  • ५ः२६ बेलुका

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७७ पुष ८ गते, बुधबार १२:११

काठमाडौं,स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस ९ गतेदेखि २४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

National Life

बैंकको मंसिर ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३४औं वार्षिक साधारण सभा पुस २४ गते, शुक्रबार, एभरेष्ट होटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरू हुने बैंकले जनाएको छ ।

सभामा बैंकको कार्तिक १३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४ दशमलव ८४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया