• ८ असोज २०८३, बिहीबार
  • ९ः५७ राती

संसद विघटनविरूद्ध काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०४:२३

आइतबार दिउँसो माइतीघरमा भएको प्रदर्शन।आइतबार दिउँसो माइतीघरमा भएको प्रदर्शन।

National Life

संसद विघटन गर्ने सरकारको निर्णय विरूद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपानिकट विद्यार्थीले माइतीघरमा प्रदर्शन गरेका छन्।

कालोफेटाधारी विद्यार्थीले आइतबार दिउँसो संसद विघटनविरूद्ध प्रदर्शन गरेका हुन्। उनीहरूसँगै नेकपासम्बद्ध अरू जनवर्गीय संगठनका सदस्य पनि प्रदर्शन सहभागी थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनले पनि प्रदर्शन थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद बैठकबाट संसद विघटन प्रस्ताव राष्ट्रपतिकहाँ पुर्‍याएका थिए।

राष्ट्रपतिले प्रस्ताव स्वीकृत गर्दै संसद विघटन गरेपछि विरोध तीव्र भइरहेको छ।

प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपतिले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन्।

 

 

प्रतिकृया