• ८ असोज २०८३, बिहीबार
  • १०ः१३ राती

आज नेकपा स्थायी कमिटी बैठक , ओली सहभागिता अनिश्चित

प्रकाशित मिति

२०७७ मंसिर २१ गते, आईतवार ११:३६

काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

National Life

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

दाहाल-नेपाल पक्षले भने पार्टी अनिर्णयको बन्दी बन्दा बहुमतले निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।
दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक यही मंसिर २५ मा बोलाइएको छ ।

 

 

प्रतिकृया