• ९ असोज २०८३, शुक्रबार
  • १०ः२५ राती

गुणस्तरीय छैन पिउने पानी

प्रकाशित मिति

२०७७ मंसिर १६ गते, मंगलवार ०९:४७

 

National Life

काठमाडौं, प्रशोधित भनिएको पिउने पानी उचित गुणस्तरको नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी, दाना, तेल, घिउ गरी एक हजार १८९ नमुना परीक्षण गर्दा ७० वटा नमुनामा आवश्यक मापदण्ड नपुगेको पाइएको छ । तीमध्ये २१ वटा त विभिन्न उद्योगबाट उत्पादन हुँदै आएका पिउने पानीका नमुना रहेका हुन् ।

विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । त्यस्तै तेल तथा घिउका १४ उद्योगका नमुना र खाद्यान्नका १० वटा नमुना परीक्षण गर्दा गुणस्तरमा समस्या पाइएको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले सो अवधिमा न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन तथा जिल्ला अदालतमा दायर गरेको जानकारी दिए । उनका अनुसार दायर गरिएका २६ वटा मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् ।

यस्तै विभागले यस अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको जनाएको छ । सो अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २५ हजार १५४ वटा नमुना प्राप्त भई जाँच विश्लेषण नियमन गरिएको छ ।
ेगोरखापत्र दैनिकबाट साभार

 

प्रतिकृया