• ९ असोज २०८३, शुक्रबार
  • १०ः०३ राती

घट्यो नाफा, खुम्चियो लाभांश

प्रकाशित मिति

२०७७ मंसिर ७ गते, आईतवार ०८:४८

काठमाडौं, मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफामा सङ्कुचन आएको छ । कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ ।

National Life

कोरोना कहरकै कारण चालू आर्थिक वर्ष २०७७र७८ को असोज मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको नाफा घट्दा वितरणयोग्य नाफा ५४।४१ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँले घटेको छ । यो अवधिमा २७ वाणिज्य बैङ्कले तीन अर्ब ७६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका छन् ।

यो नाफा गत आर्थिक वर्षको २०७६र७७ को पहिलो त्रैमासको तुलनामा ५४।४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा बैङ्कहरूले आठ अर्ब २६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेको छ ।
आजको गोरखापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया