• ९ असोज २०८३, शुक्रबार
  • १०ः३९ राती

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

प्रकाशित मिति

२०७७ मंसिर ६ गते, शनिबार ०७:५८

काठमाडौं, मंसिर ६ । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

National Life

कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयले यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराउने जनाइएको छ । अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार आगामी १५ मंसिरमा भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७७(७८ को बजेट एवं नीति तथा कार्यक्रममा नै देशका सम्पूर्ण स्थानीय तहमा ५ देखि १५ शøयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने योजना लिएको थियो । जसका लागि सरकारले स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शøयाका अस्पतालको आफ्नै जग्गा नभएमा लिजमा जग्गा उपलब्ध गराउने आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिकृया