• ८ असोज २०८३, बिहीबार
  • ७ः५३ बेलुका

दशैंमा सीडीओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ११:०६

काठमाडाैं, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई दशैंका समयमा जिल्लामै रहन सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।

National Life

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गृहले चाडबाडको बेलामा मानिसको आवत–जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।

 

प्रतिकृया